डाक्टर गोविन्द केसीले गरे आजबाट तीनदिनेसम्म सत्याग्रह घोषणा

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा.गोविन्द केसीले  सत्याग्रह सुरु गर्न लागेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

डा. केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन् । डा. केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा.केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।

डा केसीले यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने सहित सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरू सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने मागहरू रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!