असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

२०८२, २६ चैत्र बिहीबार
कपिलवस्तु - KPL

चन्द्रौटामा बृहत सरायँ नाच सम्पन्न

२०७३, २९ आश्विन शनिबार १२:३१


असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा सुखशान्ति, समृद्धिका लागि सरायँ जात्रा निकालिएको हो । २०६४ सालको बडादशैंको त्रयोदशीको अवसर पारी चन्द्रौटाका बासिन्दाहरुको सक्रियतामा पहिलो पटक दुर्गा मन्दिरबाट सरायँ नाचको शुरुवात गरिएको थियो । यसैलाई निरन्तरता दिंदै यस वर्ष दशौं पटक सरायँ नाच सहित खडक जात्रा निकाली फूलपाती विसर्जन गरिएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पारस पाण्डेयले जानकारी दिनुभयो ।

पञ्चेबाजाको तालमा जनमानसको ठूलो हूल तरबार, खुँडा, खुकुरी र हतियार सहित सरायँ नाच नाच्दै दुर्गा मन्दिरको फूलपाती लिई कर्णेश्वरी मन्दिर पुगेको सरायँ व्यवस्थापन समिति संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । टोलीले कर्णेश्वरी मन्दिरमा चढाइएको फूलपाती उठाई सरायँ खेल्दै चन्द्रौटा बजार परिक्रमा गरेको सरायँ व्यवस्थापन संयोजक पौडेलले बताउनुभयो । दुवै मन्दिरबाट उठाइएको फूलपाती पञ्चेबाजाको तालमा सरायँ खेल्दै नजिकैको जवई खोलामा लगी विसर्जन गरिएको उहाँले जनाउनुभयो ।


तरवार, खुँडा, खुकुरी र हातहतियार लिएर पञ्चेबाजाको तालमा नाचिने सरायँ नाचमा देबीहरुको प्रतिकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार, खुँडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास रहेको छ ।

देबीले महिसासुर र सुम्भको बध गरेको दिन बिजयादशमीको दिनदेखि नाचिने यो नाच खुशियालीमा नाच्न थालिएको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णुप्रसाद खतिवडाको भनाई छ । सरायँ नाच पहाडी जिल्लामा बढी प्रचलित रहेपनि विगत केही वर्षयता कपिलवस्तुका बासिन्दाले समेत परम्परागत संस्कृतिको रुपमा रहेको सरायँको जगेर्नामा लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल