असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

८ माघ २०८२, बुधबार
कपिलवस्तु - KPL

चन्द्रौटामा बृहत सरायँ नाच सम्पन्न

२९ आश्विन २०७३, शनिबार १२:३१


असोज २९, कपिलवस्तु | हिन्दूहरुको महान पर्व वडादशैंको त्रयोदशीको अवसरमा शुक्रबार कपिलवस्तुको चन्द्रौटामा वृहत सरायँ नाच सहित खड्ग जात्रा सम्पन्न भएको छ ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा सुखशान्ति, समृद्धिका लागि सरायँ जात्रा निकालिएको हो । २०६४ सालको बडादशैंको त्रयोदशीको अवसर पारी चन्द्रौटाका बासिन्दाहरुको सक्रियतामा पहिलो पटक दुर्गा मन्दिरबाट सरायँ नाचको शुरुवात गरिएको थियो । यसैलाई निरन्तरता दिंदै यस वर्ष दशौं पटक सरायँ नाच सहित खडक जात्रा निकाली फूलपाती विसर्जन गरिएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पारस पाण्डेयले जानकारी दिनुभयो ।

पञ्चेबाजाको तालमा जनमानसको ठूलो हूल तरबार, खुँडा, खुकुरी र हतियार सहित सरायँ नाच नाच्दै दुर्गा मन्दिरको फूलपाती लिई कर्णेश्वरी मन्दिर पुगेको सरायँ व्यवस्थापन समिति संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । टोलीले कर्णेश्वरी मन्दिरमा चढाइएको फूलपाती उठाई सरायँ खेल्दै चन्द्रौटा बजार परिक्रमा गरेको सरायँ व्यवस्थापन संयोजक पौडेलले बताउनुभयो । दुवै मन्दिरबाट उठाइएको फूलपाती पञ्चेबाजाको तालमा सरायँ खेल्दै नजिकैको जवई खोलामा लगी विसर्जन गरिएको उहाँले जनाउनुभयो ।


तरवार, खुँडा, खुकुरी र हातहतियार लिएर पञ्चेबाजाको तालमा नाचिने सरायँ नाचमा देबीहरुको प्रतिकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार, खुँडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास रहेको छ ।

देबीले महिसासुर र सुम्भको बध गरेको दिन बिजयादशमीको दिनदेखि नाचिने यो नाच खुशियालीमा नाच्न थालिएको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णुप्रसाद खतिवडाको भनाई छ । सरायँ नाच पहाडी जिल्लामा बढी प्रचलित रहेपनि विगत केही वर्षयता कपिलवस्तुका बासिन्दाले समेत परम्परागत संस्कृतिको रुपमा रहेको सरायँको जगेर्नामा लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता