१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाइक चोरी भएपछि सामाजिक सञ्जालमा भावुक पोस्ट, चोरले फिर्ता गरिदियो बाइक

२९ मंसिर २०८०, शुक्रबार ०९:२४

मङ्सिर २९, काठमाडौं | बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै मान्नुपर्छ ।

भारतको सूरत सहरस्थित मोटा वराछा क्षेत्रमा परेश भाइ पटेल नाम गरेका एक जना व्यवसायीको बाइक चोरी भयो । उनी आफ्नो कार्यालय भवनको पार्किङमा बाइक राखेर गएका थिए तर कार्यालयबाट फर्कँदा उनको बाइक चोरी भइसकेको थियो ।

बाइक चोरी भएपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे । उनले लेखेका थिए, ‘श्रीमान् सज्जन चोर ! तपाईँले मेरो बाइक त लैजानुभयो तर चाबी र आरसी (रजिस्ट्रेसन सर्टिफिकेट) बुक बिना बाइक चलाउन तपाईंलाई समस्या हुन्छ । त्यसैले बाइकको चाबी र आरसी बुक मैले पार्किङ मै जेनेरेटरको माथि कुनामा राखिदिएको छु, त्यो लैजानु होला । तपाईं मेरो चिन्ता नगर्नु, म साइकलबाटै गुजारा चलाउँछु ।’

उनको यो पोस्ट भाइरल बन्यो र चोरले दुई दिनमै (११ डिसेम्बरका दिन) बाइक जहाँबाट चोरिएको हो, त्यही ठाउँमा ल्याएर राखिदिए ।

त्यसो त, परेश भाइले बाइक चोरी भएकोबारे प्रहरी कार्यालयमा पनि उजुरी गरेका थिए । तर ‘सज्जन चोर’ले बाइक फिर्ता गरिदिएपछि उनले प्रहरी कार्यालयमा गएर उजुरी पनि फिर्ता लिएका छन् । भारतीय न्यूज च्यानल ‘आजतक’सँग कुरा गर्दै उनले चोरको इमानदारितालाई मध्यनजर गर्दै आफूले उजुरी फिर्ता लिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार