२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीले जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने

२०८०, २९ मंसिर शुक्रबार १०:०३

मङ्सिर २९, काठमाडौं | भारतीय राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अब जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यस्तो निर्णय गरेको हो ।

बीसीसीआईले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको हो । यसअघि नै बीसीसीआईले जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘रिटायर’ घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो ।


उल्लेखनीय छ, जर्सी नम्बर १० सचिन तेन्दुलकरले प्रयोग गर्दथे । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले सन्न्यास लिएसँगै उनले प्रयोग गर्दै आएको जर्सी नम्बर १० प्रयोग गर्न बीसीसीआईले अन्य खेलाडीका लागि बन्देज लगाएको थियो ।

जर्सी नम्बर ७ भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लगाउँथे । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको हो ।

भारतीय क्रिकेट टिममा डेब्यु गर्ने कुनै पनि खेलाडीलाई उनीहरुको रोजाइका आधारमा जर्सी नम्बर उपलब्ध गराउने परम्परा छ । तर अब त्यस्ता खेलाडीलाई जर्सी नम्बर १० र जर्सी नम्बर ७ बाहेक उपलब्ध अन्य नम्बरमध्येबाट रोज्न लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी