१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिषामा मानव तस्करी : फेरि पक्राउ परे ट्राभल एजेन्सीका सञ्चालक र कर्मचारी

२९ मंसिर २०८०, शुक्रबार १०:२९

मङ्सिर २९, काठमाडौं | भिजिट भिषामा हुने गरेको मानव तस्करीको अनुसन्धानको क्रममा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा नीमा छिङि ट्राभल्सका सञ्चालक ३७ वर्षीय मनोज तामाङ लामा र कर्मचारी ३३ वर्षीय पदम लामा छन्।


मनोजको घर काभ्रेको पाँचखाल हो भने पदमको घर रामेछापको दोरम्भा हो। नक्कली डकुमेन्ट बनाएर नेपाली युवा युवतीलाई खाडीका विभिन्न मुलुकमा पठाउने काममा उनीहरुकोसमेत संलग्नता खुलेपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए।

नक्कली कागजात बनाउने र विमानस्थलको अध्यागमनका कर्मचारीदेखि प्रहरी र वायु सेवा निगमका कर्मचारीसम्मको मिलमेतामा भिजिट भिषामा मानव तस्करी हुने गरेको आरोपमा यसअघि प्रहरीले ३२ जनालाई पक्राउ गरिसकेको छ।

अहिले दुई जना पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ३४ पुगेको छ। अहिले पक्राउ परेका दुई जनाले मात्रै यसअघि पक्राउ परेका अध्यागमनका अधिकृत नरबीर खड्कामार्फत् सेटिङमा ३ सय जनालाई विदेश पुर्‍याएको देखिएको एसपी केसीले बताए।

पक्राउ परेका मनोज र पदम नाताले भिनाजु सालोसमेत रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार