१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टिकटकको विकल्पमा आएको रमाइलो एपका २० हजार प्रयोगकर्ताको डेटा लिक

२९ मंसिर २०८०, शुक्रबार ११:११

मङ्सिर २९, काठमाडौं | टिकटकको विकल्पमा उदायएको नेपाली एप रमाइलोको डेटा लिक भएको छ । डेड्लिविपन १३३७ (Deadlyweapon) नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा शुक्रवार रमाइलो एपको डेटा लिक गरेका हुन् ।


टेकपानालाई प्राप्त लिङ्कभित्र २० हजार प्रयोगकर्ताको संवेदनशील डेटा समावेश छ । विशेषगरी उनीहरूको युजरनेम, ईमेल एड्रेस, नाम र युजरआईडी र फोन नम्बर जस्ता विवरण लिक भएको छ । त्यस्तै उनीहरूको अकाउन्टमा अपलोड भिडिओको सङ्ख्या, वालेटमा रहेको रकम, खरिद गरेको गिफ्ट जस्ता विवरण समावेश छन् ।

त्यति मात्रै नभइ रमाइलो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ । ह्याकरले इनसेक्युअर डाइरेक्ट अब्जेक्ट रिफ्रेन्स (IDOR)को प्रयोग गरी डेटा लिक गरेको हुनसक्ने साइबर सुरक्षाका जानकार सुशील फुयाँलले बताएका छन् ।

"आईडोरकै सहायताले डेटा लिक गरेको जस्तो देखिन्छ । तर फरेन्सिक परीक्षणबिना शतप्रतिशत यही हो भन्न सकिंदैन," फुयाँलले भने, "मेरो विश्लेषणमा चाहिँ आईडोरकै सहायताले लिक गरेको जस्तो देखिन्छ ।"

आईडोर एउटा सुरक्षा कमजोरी हो, जो अनुचित पहुँच व्यवस्थापनका कारण एप्लिकेसनमा एउटा प्रयोगकर्ताले अर्को प्रयोगकर्ताको डेटा हेर्न, प्रयोग गर्न वा तोडमोड गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार