त्रिभुवन विमानस्थलमा अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा बरामद

Posted on: 16 Dec, 2023

मङ्सिर ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । 

शुक्रबार राति अमेरिकाबाट नेपालमा १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको हो।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!