१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

१ पुष २०८०, आईतवार ०७:३३

पुस १, काठमाडौं | प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए  ।

काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।

जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार