१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारीको प्रलोभन देखाई ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका उपाध्याय दुबईबाट पक्राउ

१ पुष २०८०, आईतवार ०७:५०

पुस १, काठमाडौँ |  ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका एक व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमै बस्दै आएका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको हो।

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सर्लाहीको साविक जानकीनगर गाविस–७ का उपाध्यायलाई शुक्रबार नेपाल ल्याइएको हो। नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई ठगी मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।

उपाध्यायसमेत सञ्चालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज, खलिदा बिन अल विल्ड रोड, अलराफा’ले यूएईस्थित दुबईमा आम्र्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई रकम लिएर ठगी गरेको थियो।

नेपाली युवाहरुलाई भिजिट भिसामार्फत् दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दरखास्त दिएका थिए।

ठूलो संख्यामा ठगिएको भन्दै पीडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी सम्बन्धी कसुरमा उजुरी दिएका थिए। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार