१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईलाई फराकिलो अन्तरले हराउँदै बंगलादेशले जित्यो यू–१९ एसिया कपको उपाधि

१ पुष २०८०, आईतवार १२:०७

पुस १, काठमाडौँ | एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

बंगलादेश सेमिफाइनल खेलमा भारतलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने २४.५ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान आसिकर रहमान एक सय २९ रनको योगदान गरे । उनले एक सय ४९ बलमा एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

मोहम्मद रिजवानले ६० रन बनाए । उनले ७१ बलमा एक छक्का र चार चौका प्रहार गरे । अरिफुल इस्लामले पनि ५० रन जोडे । उनले ४० बलमा ६ चौका हिर्काएका थिए । यूएईका बलर आयमन अहमदले चार विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ध्रुव परासरले अविजित २५ रन बनाए । ओपनर अक्षत राईले ११ रन जोडे । बंगलादेशका बलर मारुफ मृद्ध र रोहन्त बोर्सनले तीन–तीन विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार