२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईलाई फराकिलो अन्तरले हराउँदै बंगलादेशले जित्यो यू–१९ एसिया कपको उपाधि

२०८०, १ पुष आईतवार १२:०७

पुस १, काठमाडौँ | एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

बंगलादेश सेमिफाइनल खेलमा भारतलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने २४.५ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान आसिकर रहमान एक सय २९ रनको योगदान गरे । उनले एक सय ४९ बलमा एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

मोहम्मद रिजवानले ६० रन बनाए । उनले ७१ बलमा एक छक्का र चार चौका प्रहार गरे । अरिफुल इस्लामले पनि ५० रन जोडे । उनले ४० बलमा ६ चौका हिर्काएका थिए । यूएईका बलर आयमन अहमदले चार विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको यूएईका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ध्रुव परासरले अविजित २५ रन बनाए । ओपनर अक्षत राईले ११ रन जोडे । बंगलादेशका बलर मारुफ मृद्ध र रोहन्त बोर्सनले तीन–तीन विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी