बसले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Posted on: 18 Dec, 2023

पुस २, धनगढी | कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् । बस चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!