त्रिविका ७३ हजार विद्यार्थी आज दीक्षित हुँदै, विश्व रेकर्ड बन्ने दाबी

Posted on: 18 Dec, 2023

पुस २, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए ।

विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान छ ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो ।

आज हुने दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड हुने दाबी गरेको छ । विश्वमा नै एकैपटक धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ ।

त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधिहरू पनि काठमाडौं आइपुगेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!