सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Posted on: 18 Dec, 2023

पुस २, काठमाडौँ | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सानोभर्‍याङमा बागमती प्रदेश-०२-०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षीय विकास तामाङको सोमबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाराको महागढीमाई नगरपालिका-९ थलही पुलमा बा.८४ प ५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्चौता नगरपालिका-६ बस्ने २२ वर्षीय राम निवास यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

झापाको मेचिनगर नगरपालिका-१० धुलाबारीस्थित सडकमा प्र.१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बद्री बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता रूपन्देहीको बुटवल उपमहानगरपालिका-५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्ने नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २४ वर्षीय पप्पु चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । १ जना घाइतेको उपचार भइरहेको छ । मोटरसाइकल धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!