२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाउने १३ मध्ये ८ जनाविरुद्ध कुनै उजुरी परेन

२०८०, २ पुष सोमबार ०८:०६

पुस २, काठमाडौँ | युवालाई अवैध रुपमा रुसी सेनामा भर्ती गर्न पठाएको आरोपमा पक्राउ परेका १३ जनामध्ये ५ जनाविरुद्ध मात्रै जाहेरी परेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १३ जनालाई पक्राउ गरेर मंसिर २० गते सार्वजनिक गरेको थियो। प्रहरीले त्यतिबेला १३ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा उनीहरु विरुद्ध एउटा पनि उजुरी परेको थिएन। 

जसकारण प्रहरीले सुरुवाती क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। तर अहिले भने पक्राउ परेकामध्ये ५ जनाविरुद्ध जाहेरी आएको परिसरको मुद्दा फाँटका डीएसपी अंगुर जिसीले जानकारी दिए।


पक्राउ परेका मध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ घर भइ काठमाडौं गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया सुजता दाहाल, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा घर भएका २४ वर्षीय सन्तोष नेपाल, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भएका २३ वर्षीय मनिष न्यौपाने, लमजुङको दोर्दी गाउँपालिका–२ घर भइ टोखा बस्दै आएका ३५ वर्षीय ईश्वरप्रसाद अधिकारी र शंकर लिम्बूविरुद्ध जाहेरी परेको छ। 

४ जनाविरुद्ध ठगीको कसुरमा जाहेरी परेको छ। शंकरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जाहेरी परेको छ। उनीहरुविरुद्ध २ दर्जन व्यक्तिले जाहेरी दिएका छन्। २ दर्जन व्यक्तिले १ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी दिएका छन्।

पक्राउ परेका मध्ये ८ जनाविरुद्ध भने अहिलेसम्म कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, काठमाडौं–१६ का २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानीलकण्ठ–१३ का ३१ वर्षीय क्षितिज गिरी, सिरहाको गोलबजार नगरपालिका–३ का १९ वर्षीय दीपेन परियार, काभ्रेको सल्लेभम्लु गाउँपालिका–१ का २९ वर्षीय सुवास लामा, चितवनको राप्ती नगरपालिका–१ का २५ वर्षीय गोकर्ण अर्याल र दाङको घोराही उपमहानगरपालिका–८ का ३८ वर्षीय द्रोण डाँगीविरुद्ध अहिलेसम्म कुनै उजुरी नआएको परिसरका डीएसपी जिसीले बताए।

यो समूहले नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको प्रहरीले जनाएको छ। अर्कोतर्फबाट काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ। 

रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ। यो गिरोहले विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी विभिन्न प्रोसेसमार्फत् रुस पठाए वापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको दाबी गरिएको छ। गिरोहले पठाएकामध्ये अहिलेसम्म ११ जना नेपालीहरु भने फर्केर नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी