भारतीय गायक अनुप घोषालको निधन

Posted on: 18 Dec, 2023

पुस २, काठमाडौँ | कोलकाता । बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा डिसेम्बर १५ शुक्रबार निधन भएको छ । उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । अनुपले तुझसे नाराज नही जिन्दगी जस्ता हिट गीतमा आफ्नो स्वर दिएका थिए ।

पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम श्वास लिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अनुप घोषालको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनिन्, ‘बंगाली, हिन्दी र अन्य भाषामा गीत गाउने अनुप घोषालको निधनमा गहिरो दुःख र समवेदना व्यक्त गर्दछु ।’


अनुप घोषालको जन्म सन् १९४४ वा १९४५ मा कोलकातामा अमुल्य चन्द्र घोषाल र लबन्या घोषालको घरमा भएको थियो। उनको आमाले उनलाई ४ वर्षको उमेरदेखि नै गीत गाउन प्रोत्साहन दिएकी थिइन् । 

सानै उमेरमा उनी अल इन्डिया रेडियोको शिशु महल कार्यक्रममा सामेल भए। पढाइसँगै सङ्गीतको शिक्षा पनि जारी राखे । त्यसपछि कलेज पढ्दै गर्दा उनले अन्तर-कलेज प्रतियोगितामा भाग लिन थाले। यसरी मानिसहरू उनको सङ्गीत कलासँग जोडिन थाले।


यस बिषयमा तपाइको प्रतिक्रिया...!