मलाई अझ धेरै भ्रष्टाचार काण्ड निकाल्न र भूमाफियामाथि हान्न मन छ: प्रधानमन्त्री प्रचण्ड

Posted on: 19 Dec, 2023

पुस ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यतिबेला सुशासन र सामाजिक न्याय तथा समृद्धिको एक सूत्रीय नारा लिएर अघि बढेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार भएको बैठकमा उनले आफूलाई संसदको साथ चाहिएकोसमेत बताए ।

समितिमा प्रश्न उठाउने सांसदहरुलाई उनको उल्टै प्रश्न थियो, ‘म त बाहिर भएर, थाहा पाइनँ । सांसदज्यू नेपालमै भएर पनि किन थाहा पाउनुभएन ?’

प्रधानमन्त्रीको थप भनाइ

म त दुबई भएर जानकारी पाएन होला । तपाईंहरु सांसदले किन जानकारी पाउनुभएन ? तपाईंहरु त नेपालमै हुनुहुन्थ्यो त ! प्रक्रियामा नै नपसेपछि कसरी थाहा पाउनु र मैले ! जुन दिन मिडियामा आयो, लगत्तै त हामी लागिसकेका छौं । जुन प्रधानमन्त्री यतिबेला सुशासन र सामाजिक न्याय तथा समृद्धिको एक सूत्रीय नारा लिएर अघि बढेको छ । सांसदको साथ चाहिएको छ ।

हो, काण्डैकाण्ड नेपालमा निरन्तर भइरहेका छन् । सबै काण्ड एकै प्रकृतिको हुँदैन र चरित्र पनि एउटै हुँदैन । यो पटकका काण्ड कस्ता छन् त हेर्नुस् न ? मिटरव्याजी काण्ड, ललिता निवास काण्ड, सुन तस्करी काण्ड, अन्य भ्रष्टाचार काण्ड उस्तै हुन् त ? यति सबै काण्ड उस्तै हुन् भने त सामाजिक सञ्जालमा चाहिने नचाहिने कुरा गरेर हाम्रो र त्यो भाषा एउटै भयो भने प्रणालीलाई संरक्षण गरेको भयो कि आक्रमण हो ?

मलाई अरु केही गर्नु छैन । मैले गर्नुपर्ने जति गर्न पाएको छैन, सुशासन, न्याय र समृद्धिको बाटोमा । अझै मलाई धेरै भ्रष्टाचार र भूमाफियामाथि हान्न मन छ । म केही हदसम्म सन्तुष्ट पनि छु । मैले नेपालको कूटनीतिक सन्तुलन कायम गर्न आक्रामक ढंगले गएकै छु । यदि यस्तो अवस्थामा पनि भएन भन्नुभयो भने को चाहिँ आएर के पो हुन्छ यहाँ ? म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा छु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!