भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित

Posted on: 19 Dec, 2023

पुस ३, काठमाडौँ | भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् ।

भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ ।

निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् ।

यसैगरी यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको छ । उनीहरुको मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन जारी रहने वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधान छ ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!