१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट

३ पुष २०८०, मंगलवार ०९:३२

पुस ३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ ।

जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (मंसिर २२ सम्म) बहस नोट बुझाउन आदेश दिएका थिए । धेरै कानून व्यवसायीहरुले नाम लेखाएको मुद्दामा बहसलाई बरालिन नदिन र चाँडो फैसला गर्न बहस नोट माग्ने प्रचलन छ ।

अदालको आदेशअनुसार जाहेरीकर्ता गौशला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको स्रोतले बतायो ।


अदालत स्रोतका अनुसार दुवै पक्षको बहस नोटमा गौशला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ । सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । बादी पक्षको तुलनामा सन्दीप पक्षका वकिलका कागजातहरु अकाट्य र विश्वसनीय देखिएको अदालत स्रोतले बताएको छ ।

सन्दीपका वकिलहरुले गौशाला २६ का ११ वटा दस्तावेज बहस नोटमा राखेका छन्, जसले उनी नाबालिग नरहेको प्रमाणित हुन्छ । गौशाला जन्मेको अस्पतालले दिएको प्रमाणपत्र र उनको पहिलो जन्मदर्ता सबैभन्दा बलिया प्रमाण हुन् । दुवै दस्तावेजमा गौशालाको जन्ममिति २०६२ साल उल्लेख छ । अस्पतालले दिएको बर्थ सर्टिफिकेटभन्दा एक महिना उमेर फरक पारेर गौशालाले पहिलो जन्मदर्ता निकालेकी छन् । अस्पतालको कागजमा उनको जन्ममिति २०६१/०२/१८ र पहिलो जन्मदर्तामा उनको जन्ममिति २०६१/०३/१८ उल्लेख छ । गौशालाको बसाइसराइ र विद्यालयका प्रारम्भिक डकुमेन्टमा २०६१/०३/१८ नै उल्लेख छ ।

गौशालाले पछि बनाएका कागजातहरुमा चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ । यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन् । यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन् ।

तर, उनीहरुको पोल कहाँनेर खुलेको छ भने दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख छ । यस्तोमा अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ । गौशालाले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन् ।

जन्मदर्ताको विषयलाई सम्वन्धित वडा कार्यालयले पनि स्पष्ट बनाइसकेको छ । अदालतबाट माग भएअनुसार वडा सचिवले अदालतलाई चिठी लेख्दै आधिकारिक जन्ममिति २०६१/०२/१८ नै रहेको प्रमाणित गरिदिएका हुन् । यसले गौशालाको उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष नाघिसकेको ठहरिन्छ ।

सन्दीप पक्षले पेश गरेको अर्को बलियो प्रमाण भनेको एउटा च्याटको स्क्रिनसट पनि हो । उनले एक जना केटा साथीसँग च्याट गर्ने क्रममा आफ्नो वास्तविक उमेर आफैंले खोलेकी थिइन् । स्रोतका अनुसार उनीहरुबीच ज्योतिषलाई भविष्य हेराउने विषयमा कुराकानी भएको थियो । केटा साथीले गौशाला २६ सँग उनको जन्ममिति सोधेका छन् । गौशालाले २०६१/०२/१८ लेखेकी छन् । उनले लेखेको यो जन्ममिति वीरगञ्जको अस्पतालले दिएको बर्थ सर्टिफिकेटसँग मेल खान्छ । यो च्याटको स्क्रिनसट पनि सन्दीपका वकिलले बहस नोटसँगै समावेश गरेका छन् ।

सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ । अघिल्लोपटक तोकिएको पेशी वकिलहरु उपलब्ध नभएका कारण स्थगित भएको थियो । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट फैसला गर्न आदेश दिएको भए पनि यो मुद्दा विभिन्न कारण देखाउँदै लगातार धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार