१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङमा हनि ट्र्र्यापमा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद

३ पुष २०८०, मंगलवार १०:४१

पुस ३, काठमाडौँ | कानून व्यवसायी पुरुषलाई हनि ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीनजना महीलालाई मुद्दा चलाएका थिए ।


होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरीवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कानून व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा १५ हजार रुपैँया, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए । बारा जिल्लामा प्रहरी प्रमुख रहेका एसपी काफ्लेले हनि ट्र्यापमा संलग्नलाई कानूनी दायरामा ल्याइ अदालतले फैसला सुनाएकोमा धन्यवाद दिए ।

उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तिममा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलेको थियो ।

उपदफा ३ ख बमोजिम कसैको व्यवसायमा गैरकानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाइ आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको कानूनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार