१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्रले बरामद गर्‍यो १४ सय थान मोबाइलका डिस्प्ले

३ पुष २०८०, मंगलवार ११:५९

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट बिलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले बरामद गरेको छ।

सुपर काइनेटिक एसकेजी कुरियरले सोमबार साँझ साढे ५ बजे यति एअरको उडान नम्बर एनवाईटी ४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको मोबाइलको डिस्प्ले बरामद गरेको हो।

१२ वटा कार्टुनमा रहेको १४ सय थान बिभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरिएको हो।

उक्त सामानहरु जय मां दुर्गा इम्पेक्स काठमाडौंको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो। बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवनबाट खटिएको सशस्त्र प्रहरी बलको राजश्व प्रहरीले सोही विभागमा बुझाएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार