मुजिब उर रहमान र स्टिभन स्मिथ आईपीएलमा बिकेनन्

Posted on: 19 Dec, 2023

पुस ३, काठमाडौँ | अस्ट्रेलियाका पूर्वकप्तान स्टिभन स्मिथ र अफगानिस्तानका प्रभावशाली स्पीनर मुजिब उर रहमान इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा अनसोल्ड भएका छन् ।

अहिले भइरहेको मिनी अक्सनमा कुनै पनि टोलीले उनीहरुलाई खरिद गरेन । दुवै खेलाडीको बेस प्राइस २ करोड भारतीय रुपैयाँ थियो ।

रिली रोस्सु, करुण नायर, मनिष पाण्डे, फिल साल्ट, जोस इङ्लिस, कुशल मेन्डिस, लकी फर्गुसन, जोस हेजलउड, अदिल रसिद, इस सोधीलगायत खेलाडी पनि अनसोल्ड भएका छन् ।

कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारु र सनराइजर्स हैदराबादले प्याट कुमिन्सलाई २० करोड ५० लाख भारुमा खरिद गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!