झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

Posted on: 20 Dec, 2023

पुस ४,  झापा | झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो । प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क्रममा टुडु अचानक बेरिएका थिए । उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!