१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्चीको पानी अबको २८ दिन भित्र काठमाडौँमा वितरण हुने दाबी

४ पुष २०८०, बुधबार ०७:२४

पुष ४, काठमाडौँ | मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ। 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौं उपत्यकामा वितरण गर्ने उनले उल्लेख गरेका छन्। 


पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ। बाढी–पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौं उपत्यकामा पानी वितरण रोकेको थियो। 

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन।  

सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौंमा चर्को विरोध हुन थालेको छ। 

दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो। 

भ्रेमाथानको पहिरोपछि मेलम्ची हिउदमात्र काठमाडौ ल्याउने काम हुदै आएको थियो।  मेलम्चीसँगै लार्के र याङ्ग्रीबाट समेत पानी ल्याउने योजना सरकारले अघि सारे पनि भ्रेमाथान बाढीपछि मेलम्चीकै भविष्य अन्योलमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार