असोज २९, प्युठान | प्युठान जिल्लाको उत्तरी गा वि स रजवारामा बडा दसैंमा लाग्ने ऐतिहासिक सराँय नाँच र गा वि स को सिङ्गो क्लव श्री तिखाचुली युवा क्लव रजवाराले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, प्युठान | प्युठान जिल्लाको उत्तरी गा वि स रजवारामा बडा दसैंमा लाग्ने ऐतिहासिक सराँय नाँच र गा वि स को सिङ्गो क्लव श्री तिखाचुली युवा क्लव रजवाराले "/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान रजवारामा दसैं मेला तथा अन्तर जिल्ला स्तरिय खेलकुद सम्पन्न

२०७३, २९ आश्विन शनिबार १४:२६


असोज २९, प्युठान | प्युठान जिल्लाको उत्तरी गा वि स रजवारामा बडा दसैंमा लाग्ने ऐतिहासिक सराँय नाँच र गा वि स को सिङ्गो क्लव श्री तिखाचुली युवा क्लव रजवाराले आफ्नो वार्षिक उत्सब तथा विजया दशमीको अवसर  पारेर दशकौ देखि आयोजना गर्दै आएको बृहत अन्तर जिल्ला स्तरिय खेलकुद कार्यक्रम यस बर्ष पनि भब्यताका साथ सम्पन्न भएको छ । 

टीकाको दिनदेखि सुरू गरिएको बडा दसैं मेला शनिबार सम्पन्न भएको छ । शनिबार समापन कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो ।कार्यक्रम उट्घाटन र समापनमा बिभिन्न राजनीतिकदलका नेताहरू समाज सेवी, खेलकुद संघका प्रतिनिधिहरूको उपस्थिती थियो । टीकाको दिन स्थानिय बिभिन्न जातजातिहरूले संयुक्त रूपमा आ-आफ्नो परम्परा अनुसार पूजापाठ गरी कोटघरमा  सराँय नाच प्रर्दशन गर्दछन । दोस्रो दिन देखि क्लबको खेलकुद कार्यक्रम सुरू हुन्छ । यस वर्ष क्लवले अन्तर जिल्ला स्तरिय खुल्ला पुरूष भलिबल, अन्तर जिल्ला स्तरिय खुल्ला महिला भलिबल , खुल्ला लोक दोहोरी गीत र खुल्ला घैटोफोर प्रतियोगिता आयोजना गरेको थियो । रजवारा गा वि स गुल्मी जिल्ला र बाग्लुङ संग सिमाना जोडिएकोले दर्शकको उल्लेखनिय सहभागी हुन्छ । यस क्षेत्रकै सबै भन्दा ठुलो ऐतिहासिक मेलाको रूपमा प्रशिद्द छ । विभिन्न गाउबाट एक दुई दिनको पैदल यात्रा गरेर पनि मेला भर्न आउछन दर्शकहरू । भलिबल प्युठान जिल्लामै सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगिता हो । यस वर्षको खेलमा प्युठान बाग्लुङ र गुल्मी जिल्लाका बिभिन्न क्लव, समूह संघ सस्थाबाट पुरूष भलिबल तर्फ १८ टिम, महिला भलिबल तर्फ ५ टिम र दोहोरी गीत तर्फ ५ टिमले भाग लिएका थिए ।

जस मध्ये पुरूष भलिबल तर्फ श्री हरियाली रक्तचन्दन युवा क्लव अग्लुङ गुल्मीले प्रथम स्थान हासिल गर्दै नगद रू  ४००००/- मेडल र प्रमाण पत्र को पुरस्कार हात पारेको छ भने आयोजक श्री तिखाचुली युवा क्लब रजवारा प्युठानले उत्कृष्ट खेल प्रदशन गर्दै दोस्रो स्थानमा नगद रू ३००००/- मेडल र प्रमाण पत्र को पुरस्कार हात पारेको छ र तेस्रो स्थान मा श्री स्टार युवा क्लव छापखानी बाग्लुङ ले नगद रू २००००/- मेडल र प्रमाण पत्रको पुरस्कार पाएको छ ।गुल्मी प्युठान बाग्लुङ तिनै जिल्ला ले पुरस्कार हात पारेका छन । यसै गरी महिला भलिबलमा आफ्नो उत्कृष्ट खेल देखाउदै प्रगतिशिल युवा क्लव स्याउलिबाङ प्युठानले प्रथम स्थानमा बिजय हासिल गर्दै नगद रू १५०००/- मेडल र प्रमाण पत्र को पुरस्कार प्राप्त गरेको छ भने दोस्रो र तेस्रो मा आयोजक तिखाचुली युवा क्लबको क्रमश 'A' टिम र 'B' टिम बिजयी हुदै दोस्रो पुरस्कार नगद रू १००००/- मेडल र प्रमाण पत्र तेस्रो पुरस्कार नगद रू ५०००/- मेडल र प्रमाण पत्र हात पारेको छ ।  पुरूष भलिबल खेलमा उत्कृष्ट खेलाडी लाई नगद रू ५०००/- मेडल र प्रमाण पत्र र महिला उत्कृष्ट खेलाडी लाई नगद रू ३०००/- मेडल र प्रमाण पत्र को पुरस्कार प्रदान गरिएको थियो ।

लोक दोहोरी प्रतियोगितामा हरियाली रक्तचन्दन युवा क्लव बिजेता बन्दै नगद रू ३०००/- र प्रमाण पत्र पुरस्कार पाएका छ भने उपबिजेता तिखाचुली युवा क्लव ले नगद रू २०००/- र प्रमाण पत्र को पुरस्कार पाएको छ । 

घैटोफोर प्रतियोगितामा गोरलाल वि क ले प्रथम स्थान हासिल गरी नगद रू २०००/- र दोस्रो हुदै रविन पुन ले नगद रू १०००/- पुरस्कार प्राप्त गरेकाछन ।

क्लबले प्रतियोगिताको सम्पूर्ण पुरस्कार , प्रचार प्रसार लगायत विविध खर्चमा सौजन्यगर्नु हुने सहयोगी दाता र कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको थियो ।

"शिक्षा, अनुशासन, गतिशिलता, लोक संस्कृति खेलकुद र विकासको निरन्तरता" भन्ने मुल नाराका साथ बडा दशैको अवसर पारेर बिगतको वर्ष झै यस वर्ष पनि यस क्षेत्रमै एक अर्कामा मित्रवट सम्बन्ध बिस्तार गरी मैत्रिपूर्ण कार्यक्रम समापन गरिएको आयोजक क्लव ले जानकारी दिएको छ । 

- बिक्रम मल्ल ठकुरीबाट प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक