दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा शिशुको शव फेला परेपछि....

Posted on: 20 Dec, 2023

पुष ४, काठमाडौँ | दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा नवजात शिशु मृत भेटिएका छन्। बुधबार बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा ती शिशुको शव भेटिएको प्रहरीले जनाएको छ।

विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिलालाई पक्राउ गरी उपचारका लागि अस्पताल लगिएको छ।  बिमान सारजहाबाट काठमाडौं आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी  नभएको बताएको छ ।

जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो । महिलालाई उपचारका लागि केएमसी अस्पताल लागिएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!