१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उड्नै लाग्दा बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका खोल्ने यात्रु पक्राउ

५ पुष २०८०, बिहीबार ०५:५०

पुस ५, काठमाडौं | आज (बिहीबार) बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि उडान रद्द गरिएको छ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।


गौतमका अनुसार भीम परियार  नामका यात्रु जहाजको  १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए। 

‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको छ। उहाँ (भीम परियार) ले जहाजमा यात्रु बोर्ड गरेर डोर लक गरेपछि इमर्जेन्सी ढोका खोलिदिनुभयो, जहाजमा वान सी र डी सिट हुन्छन्। सो सिट हामी वृद्ध र  बिरामीलाई दिँदैनौँ। केही भइहाल्यो खोल्नपर्ने ढोका हो। उहाँले खोलिदिनुभयो, उडान रोकियो’, गौतमले भने, यात्रुलाई अर्को विमानबाट पठाइयो। एक घण्टा ढिला भयो। अब त्यो जहाजचाहिँ इन्जिनियरले परीक्षण र उडानका लागि ठीक छ भनेपछि मात्र उडाउने हो, जहाजमा प्राविधिक समस्या आएको हैन। यात्रुचाहिँ अहिले प्रहरी नियन्त्रणम हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार