मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

Posted on: 21 Dec, 2023

पुस ५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन्  ।

सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै  खेदजनक  छ।’ 


यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!