मेट्रोमा साडी अड्किँदा महिलाको मृत्यु

Posted on: 21 Dec, 2023

पुस ५, काठमाडौं | नयाँ दिल्लीको इन्द्रलोक स्टेसनमा मेट्रोमा महिलाको साडी अड्किँदा मृत्यु भएको छ । मृत्यु हुनेमा रीना देवी नामकी महिला रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

त्यस दिन पनि रीना देवी सधैँ जस्तै मेट्रोमा चढिरहेकी थिइन् । तर भाग्यमा अर्कै कुरा थियो । उनी बाहिर निस्किन्, तर उनको साडीको पल्लु मेट्रोको गेटमा अड्कियो, त्यसपछि गेट बन्द भयो । उनको सारी त्यहीँ अड्कियो र उनलाई घिसार्दै मेट्रो अघि बढ्यो ।


गम्भीर घाइते रीनाको शनिबार मृत्यु भएको थियो । यो दुर्घटनापछि रीनादेवीका छोराछोरी टुहुरा भएका छन्  । त्यस्तै स्थानीय मेट्रो प्रयोग गर्न डराइरहेका छन् ।

दिल्ली मेट्रो रेल कर्पोरेसनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । साथै कर्पोरेसनको उनको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!