१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चालक नहुँदा मेयर आफैंले चलाउँछन् एम्बुलेन्स

५ पुष २०८०, बिहीबार ११:०५

पुस ५, काठमाडौं | जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन्। एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन्। 


बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन नगरपालिकाको अन्यकाम छाडेर एम्बुलेन्स  चलाउन थालेको नगर प्रमुख भामले बताए। छायाँनाथ रारा नगरपालिकाका-६ बालै गाउँका ७० वर्षीय बिरामी लोकबहादुर भाम र सोही गाउँकी ६८ वर्षिया बिरामी हिउँकला भामलाई उपचारका लागि मेयर आफैंले एम्बुलेन्स चलाएर जिल्ला अस्पताल पुर्‍याएको बिरामीका आफन्त जनकबहादुर भामले बताए।

बिरामीका आफन्त भामका अनुसार एम्बुलेन्सका लागि नगरपालिकामा दुई/तीन पटक फोन गर्दा चालक नभएको जानकारी आएको थियो। उक्त समस्या मेयरलाई सुनाएपछि मेयर भाम आफै एम्बुलेन्स ल्याएर गाउँमा पुगेको उनको भनाइ छ। 

नगरपालिकाको कामसँगै आवश्यकता अनुसार बिहान र बेलुकाको समयमा एम्बुलेन्सको चालक नभएको बेलामा आफैले बिरामीलाई अस्पतालसम्म पुर्‍याउने कामलाई निरन्तरता दिने नगर प्रमुख भामले बताए। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार