२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चालक नहुँदा मेयर आफैंले चलाउँछन् एम्बुलेन्स

२०८०, ५ पुष बिहीबार ११:०५

पुस ५, काठमाडौं | जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन्। एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन्। 


बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन नगरपालिकाको अन्यकाम छाडेर एम्बुलेन्स  चलाउन थालेको नगर प्रमुख भामले बताए। छायाँनाथ रारा नगरपालिकाका-६ बालै गाउँका ७० वर्षीय बिरामी लोकबहादुर भाम र सोही गाउँकी ६८ वर्षिया बिरामी हिउँकला भामलाई उपचारका लागि मेयर आफैंले एम्बुलेन्स चलाएर जिल्ला अस्पताल पुर्‍याएको बिरामीका आफन्त जनकबहादुर भामले बताए।

बिरामीका आफन्त भामका अनुसार एम्बुलेन्सका लागि नगरपालिकामा दुई/तीन पटक फोन गर्दा चालक नभएको जानकारी आएको थियो। उक्त समस्या मेयरलाई सुनाएपछि मेयर भाम आफै एम्बुलेन्स ल्याएर गाउँमा पुगेको उनको भनाइ छ। 

नगरपालिकाको कामसँगै आवश्यकता अनुसार बिहान र बेलुकाको समयमा एम्बुलेन्सको चालक नभएको बेलामा आफैले बिरामीलाई अस्पतालसम्म पुर्‍याउने कामलाई निरन्तरता दिने नगर प्रमुख भामले बताए। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी