नेपाल राष्ट्र बैङ्कले विभिन्न पदका लागि माग्यो आवेदन

Posted on: 22 Dec, 2023

पुस ६, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । 

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!