१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ईपीएस: सीप बिल्डिङमा फेल भएकालाई फाराम भर्न दिने विषयमा छलफल हुँदै

६ पुष २०८०, शुक्रबार ०५:४१

पुस ६, काठमाडौँ | सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस काेरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनकाे आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो। 

कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी काेरियासँग छलफल गरिने बताए।

हालै खुलेकाे उत्पादनमूलक क्षेत्रका लागि यसअघि सीप विल्डिङकाे परीक्षामा आवेदन दिएर फेल भएकाहरूले सहभागी हुन नपाउने भन्ने थियो। त्यसकाे विराेधमा उनीहरू विरोध प्रदर्शन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। बिहीबार उच्च अदालतले उनीहरूलाई पनि आवेदन फाराम भर्न दिन आदेश दिएको थियो। 

उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद आज राति १२ बजेसम्म मात्र छ। हिजो मात्रै अदालतको आदेश आएपछि अब कसरी उनीहरूलाई फाराम भर्न दिने विषयमा छलफल गरिने निर्देशक सुवेदीले बताए। 

´अदालतको आदेश हात परेपछि छलफल गर्छाैँ। यसमा पछि उनीहरूलाई मात्रै भर्न दिने गरि आवेदन खुला गर्न सकिन्छ । त्यसमा छलफल गरेर निर्णय गर्छाै,` सुवेदीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार