१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हलिउड अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

६ पुष २०८०, शुक्रबार ०८:१०

पुस ६, काठमाडौँ | अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् । 


अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ । 

यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था भिन्सेन्टले फोन गरेर आफूलाई कामबाट निकालेको जोनासोनको भनाई छ । भिन्सेन्टले दाजुको प्रडक्शन कम्पनी वन रेस फिल्म्स चलाउँथिन् । जोनासोनले भिन्सेन्ट र वन रेस फिल्म्स माथि पनि मुद्दा हाल्ने भएकी छिन् । आफ्नो यौन इच्छा पूरा गरेपछि उनको लागि उपयोगी नभएकोले डिजेलले आफूलाई कामबाट निकालेको उनले मुद्दामा भनेकी छिन् । 

यो घटनापछि जोनासोनले निरीह महसुस गरेको, आत्म सम्मान धुँजाधुँजा भएको, आफ्नो खुबीमाथि शङ्का लागेको अनि सफल करियरको लागि आफ्नै देहको व्यापार गर्नु पर्ने हो र ? भन्ने प्रश्न मनमा उब्जिएको पनि मुद्दामा भनिएको छ । मुद्दामा लैङ्गिक विभेद, अवैध प्रतिशोध, भावनात्मक सङ्कटको दाबी पनि गरिएको छ ।

यो आरोपको भिन डिजेलले खण्डन गरेको बताइएको छ । भिन डिजेल फाष्ट एन्ड फ्युरिएस फ्रेन्चाइजीबाहेक ग्यालेक्सी, ट्रिपल एक्स र रिडिक्क फिल्मका लागि पनि चर्चित छन् । उनी हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्दछ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार