२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘फ्री भिसा, फ्री टिकट’ मा श्रमिक पठाउने नीति खारेज गर्ने तयारीमा सरकार

२०८०, ६ पुष शुक्रबार ०८:४४

पुस ६, काठमाडौँ | खाडीका विभिन्न ६ मुलुक साउदी अरब, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसियामा फ्री भिसा, फ्री टिकटमा श्रमिकहरू पठाउने नीतिबाट सरकार पछि हट्न लागेको छ।

निर्णयको आठ वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेपछि सरकार यो निर्णयबाट पछि हट्न लागेको स्रोतको भनाइ छ। स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो नीति खारेजीका साथै अरू पनि निर्णय गर्दैछ।


सरकारले २०७२ असारबाट फ्री भिसा फ्री टिकट लागू गर्ने निर्णय गरेको थियो। तत्कालीन श्रम, राज्यमन्त्री टेकबहादुर गुरूङको यो निर्णयले केही समय निकै वाहीवाही पाएको थियो। त्यसै बेला म्यानपावर व्यवसायीहरूले भने कार्यान्वयन हुन नसक्ने भन्दै विरोध जनाएका थिए।

सरकारको निर्णयअनुसार मलेसिया तथा खाडीका साउदी, कतार, युएई, बहराइन, कुवेत र ओमानमा रोजगारीका लागि जाँदा अधिकतम १० हजार रूपैयाँ मात्रै सेवा शुल्क बुझाए पुग्छ। यसबाट निम्न आयस्तर भएका युवावर्ग लाभान्वित हुने र विदेश जान लाखौं ऋण लिनुपर्ने बाध्यता अन्त्य हुने विश्वास दिलाइएको थियो। त्यस्तै श्रमिकको भिसा शुल्क, हवाई टिकट लगायत अन्य खर्च पनि रोजगारदाताले बेहोर्ने गरी प्रचार गरिएको थियो।

तर आठ वर्ष बितिसक्दा पनि फ्री भिसा फ्री टिकट कार्यान्वयन हुन सकेको छैन। श्रमिकहरू चर्को शुल्क बुझाएर मलेसिया तथा खाडी पुगिरहेका छन्। दुईदेखि पाँच लाख रूपैयाँसम्म तिरेर खाडी गएकाहरू भौचर भने १० हजार रूपैयाँको मात्र लिन बाध्य छन्। सरकारको अनुगमन फितलो भएकाले म्यानपावरले श्रमिकहरू ठग्ने प्रवृत्ति बढ्दो छ।

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी पनि फ्री भिसा फ्री टिकट नीति खारेज गर्ने पक्षमा देखिएका छन्। सचिव भण्डारीले बिना कुनै लागत श्रमिकहरू वैदेशिक रोजगारीमा पठाउन नसक्ने प्रतिक्रिया सार्वजनिक रूपमै दिएका छन्।

मन्त्रालयले वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क पनि बढाएर २१ सय रूपैयाँ पुर्‍याएको छ। यसअघि सात सय रूपैयाँ मात्रै थियो। त्यस्तै परीक्षा शुल्क सात सय रूपैयाँ तोकेको छ। अधिकारकर्मीहरूले तालिम निःशुल्क बनाउनुपर्ने सुझाव दिँदै आएका थिए। तर सुझाव विपरीत निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी