पोल्याण्ड पठाइदिन्छु’ भन्दै झण्डै २ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

Posted on: 22 Dec, 2023

पुस ६, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भनेर करिब २ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटाको धनकुटा उपमहानगरपालिका ७ घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने प्रदिप बुढाथोकीले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड भन्दै १ लाख ८० हजार लाख ठगी गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।


प्रदिपले कल्पनालाई पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि मासिक १ लाख लाख २० हजार तलब हुन्छ भनेर विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

उनले पटक–पटक गरी १ लाख ८० हजार लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रदिपलाई काठमाडौँ नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!