१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभापति लामिछानेमाथि खोया प्रहारः मिडिया विरुद्ध रास्वपाको विष बमन

८ पुष २०८०, आईतवार ०८:३४

पुस ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) विज्ञप्ति जारी गर्दै रास्वपाले तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको छ ।


पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेमाथि प्रहार गरे भन्ने नखुलेको रास्वपाले बताएको छ । त्यसबारे प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी पनि नदिएको, प्रहारकर्ताले पनि कारण नखुलाएको र सभापति लामिछानेसँग पनि नसोधिएको रास्वपाको दाबी छ । रास्वपाले आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ समाचार प्रेषित गरिएको आरोप लगाएको छ ।

भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास भएको रास्वपाको आरोप छ । रास्वपाले पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर आफूहरुविरुद्ध खनिएको समेत टिप्पणी गरेको छ ।

रास्वपाले स्वच्छ र मर्यादित हुनुपर्ने पत्रकारिताको धर्मलाई स्वार्थको बन्धक बनाएर गरिने गलत हर्कत अविलम्ब बन्द गर्न र सूचना समाचार प्रेषित गर्दा सन्तुलनको सिद्धान्त ख्याल राख्न आग्रह गरेको छ । साथै, समाचारहरुमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार