२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभापति लामिछानेमाथि खोया प्रहारः मिडिया विरुद्ध रास्वपाको विष बमन

२०८०, ८ पुष आईतवार ०८:३४

पुस ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) विज्ञप्ति जारी गर्दै रास्वपाले तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको छ ।


पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेमाथि प्रहार गरे भन्ने नखुलेको रास्वपाले बताएको छ । त्यसबारे प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी पनि नदिएको, प्रहारकर्ताले पनि कारण नखुलाएको र सभापति लामिछानेसँग पनि नसोधिएको रास्वपाको दाबी छ । रास्वपाले आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ समाचार प्रेषित गरिएको आरोप लगाएको छ ।

भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास भएको रास्वपाको आरोप छ । रास्वपाले पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर आफूहरुविरुद्ध खनिएको समेत टिप्पणी गरेको छ ।

रास्वपाले स्वच्छ र मर्यादित हुनुपर्ने पत्रकारिताको धर्मलाई स्वार्थको बन्धक बनाएर गरिने गलत हर्कत अविलम्ब बन्द गर्न र सूचना समाचार प्रेषित गर्दा सन्तुलनको सिद्धान्त ख्याल राख्न आग्रह गरेको छ । साथै, समाचारहरुमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी