२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थल भन्सारमा २१ दिनको मात्रै सीसीटीभी फुटेज स्टोरेज !

२०८०, ८ पुष आईतवार ०९:०५

पुस ८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ । तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको ४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको छानबिन समितिले जनाएको छ ।


मंसिर २१ गते त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए । उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । एक वर्षमा ५२ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्री देखिएको छ ।
घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।
उक्त समितिले आइतबार छानबिन प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा छानबिन समितिका संयोजक पौडेलले विमानस्थल भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको जनाएका हुन् ।
उनले विमानस्थलबाट पास लिएका मोबाइल नम्बरहरु पनि नभेटिएका बताएका छन् । ‘पास लिएको मोबाइलका नम्बरहरु पनि पाइएन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी