२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी प्रकरण: चन्द्र घले ६० पटकसम्म ओहोरदोहोर गरेको देखियो, कृष्णकुमारबाट १७ थान पासपोर्ट बरामद

२०८०, ८ पुष आईतवार ०९:४१

पुस ८, काठमाडौं । केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले ६० पटकसम्म दुबई–काठमाडौं ओहोरदोहार गरेको पाइएको छ। सुन तस्करी छानबिनका लागि गठित समितिले आइतबार पत्रकार सम्मलेन गर्दै उक्त कुरा जानकारी गराएको हो। 

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमाथि छानबिन गर्ने क्रममा उक्त कुरा खुलेको समितले जनाएको छ। त्यसैगरी पक्राउ परेकामध्ये कृष्णकुमार गुरुङको साथबाट १७ थान पासपोर्ट समेत बरामद भएको छ। उनी बैंकिङ कसुरमा समेत संलग्न रहेको देखिएको छानबिन समितिले जनाएको छ। 


अब यो प्रकरणको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरिने समितिले जनाएको छ। त्यसैगरी दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गरेको समितिले जनाएको छ। 

नेपालको विमानस्थलमा सेटिङ मिलाउने काम भने डीबी गुरुङ भन्ने व्यक्तिले गर्ने गरेको पाइएको समितिले जनाएको छ। त्यसका लागि ३० वर्षभन्दा बढी जागिर खाएको कर्मचारीको प्रयोग गरिएको, रिटायर्ड भएपछि पनि त्यही राखिएकाहरुलाई प्रयोग गरेको खुलेको समितिले जनाएको छ। 

यो गिरोहले एक पटकमा ५ किलोदेखि १४ किलोसम्म सुन ल्याउने गरेको समितिको छानबिनबाट देखिएको छ। यो समूहले अहिलेसम्म १३८ किलो सुन नेपाल भित्र्याइसकेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी