१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करी प्रकरण: चन्द्र घले ६० पटकसम्म ओहोरदोहोर गरेको देखियो, कृष्णकुमारबाट १७ थान पासपोर्ट बरामद

८ पुष २०८०, आईतवार ०९:४१

पुस ८, काठमाडौं । केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले ६० पटकसम्म दुबई–काठमाडौं ओहोरदोहार गरेको पाइएको छ। सुन तस्करी छानबिनका लागि गठित समितिले आइतबार पत्रकार सम्मलेन गर्दै उक्त कुरा जानकारी गराएको हो। 

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमाथि छानबिन गर्ने क्रममा उक्त कुरा खुलेको समितले जनाएको छ। त्यसैगरी पक्राउ परेकामध्ये कृष्णकुमार गुरुङको साथबाट १७ थान पासपोर्ट समेत बरामद भएको छ। उनी बैंकिङ कसुरमा समेत संलग्न रहेको देखिएको छानबिन समितिले जनाएको छ। 


अब यो प्रकरणको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरिने समितिले जनाएको छ। त्यसैगरी दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गरेको समितिले जनाएको छ। 

नेपालको विमानस्थलमा सेटिङ मिलाउने काम भने डीबी गुरुङ भन्ने व्यक्तिले गर्ने गरेको पाइएको समितिले जनाएको छ। त्यसका लागि ३० वर्षभन्दा बढी जागिर खाएको कर्मचारीको प्रयोग गरिएको, रिटायर्ड भएपछि पनि त्यही राखिएकाहरुलाई प्रयोग गरेको खुलेको समितिले जनाएको छ। 

यो गिरोहले एक पटकमा ५ किलोदेखि १४ किलोसम्म सुन ल्याउने गरेको समितिको छानबिनबाट देखिएको छ। यो समूहले अहिलेसम्म १३८ किलो सुन नेपाल भित्र्याइसकेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार