२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

२०८०, ८ पुष आईतवार १०:४२

पुस ८, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ।

जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको थियो। आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ।

अब न्यायाधीश ढकालकै इजालसमा सोमबार पनि सुनुवाइ हुनेछ। यसअघि पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएका थिए। अन्तिम फैसला नगरी पन्छाइँदै आएको थियो।

यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ। आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’ मा राखेकाले अर्को पेशीमा अन्तिम फैसला आउन सक्ने कानून व्यवसायीले आकलन गरेका छन्।

२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’ बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर एक वर्ष बितिसक्दा पनि मुद्दा टुंगोमा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी