१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

८ पुष २०८०, आईतवार १०:४२

पुस ८, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ।

जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको थियो। आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ।

अब न्यायाधीश ढकालकै इजालसमा सोमबार पनि सुनुवाइ हुनेछ। यसअघि पटक पटक स्थगन र कागजात झिकाउने आदेश हुँदै आएका थिए। अन्तिम फैसला नगरी पन्छाइँदै आएको थियो।

यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ। आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’ मा राखेकाले अर्को पेशीमा अन्तिम फैसला आउन सक्ने कानून व्यवसायीले आकलन गरेका छन्।

२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’ बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर एक वर्ष बितिसक्दा पनि मुद्दा टुंगोमा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार