निगमले फेरि भन्यो– एलपी ग्यासको मूल्य १८९५, बढीमा बिक्री गरे कारबाही हुन्छ

Posted on: 24 Dec, 2023

पुस ८, काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो ।

तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको समाचार आइरहेको निगमले जनाएको छ । यदि, बिक्रेताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत निगमले दिएको छ ।

निगमले भनेको छ, ‘ढुवानी लागत समेत जोडेर ग्यासको लागत मूल्य तोकिएको हुन्छ । ग्यास उद्योगभन्दा ५० किलोमिटर वरपर सोही मूल्य लागु हुन्छ ।’ उद्योगको आसपास समेत तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी निगमले दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!