५६ वर्षको उमेर अरबाजले गरे दोस्रो विवाह

Posted on: 25 Dec, 2023

पुस ९, काठमाडौँ | अभिनेता तथा फिल्म मेकर अरबाज खानले ५६ वर्षको उमेर दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शौरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् । 

दुवैको विवाह समारोह अरबाजकै बहिनी अरपिताको घरमा आयोजना भएको थियो । अरबाजले मध्यरात सामाजिक सञ्जाल मार्फत श्रीमती शौराको साथ फोटो सेयरसमेत गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन्, ‘हाम्रो प्रियजनको उपस्थितिमा हामी एक भएका छौँ । हाम्रो यो खास दिनमा तपाई सबैको आर्शीवाद र शुभकामना चाहियो ।’

अभिनेत्री रवीना टन्डनले पनि मध्यरात एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनले लेखेकी छन्, ‘बधाई बधाई, बधाई डार्लिङ शौरा खान र अरबाज खान ।’ अरबाजसँग विवाह गर्ने शौरा रवीनाकी मेकअप आर्टिस्ट हुन् ।

विवाहमा अरबाजका नजिकका साथी र परिवार सदस्यमात्र सहभागी थिए । उनका बुबा सलीम, भाइ सलमान, सोहेल र बहिनी अलवीर खान लगायत सहभागी थिए । अभिनेत्री रिद्धिमा पण्डित पनि विवाहमा पुगेकी थिइन् । गायक हर्षदीप कौरले विवाहमा प्रस्तुति दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!