२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा ‘डंकी’ र ‘सालार’ मध्ये व्यवसायमा को अगाडि ?

२०८०, ९ पुष सोमबार ०७:४४

पुस ९, काठमाडौँ | भारतीय बक्स अफिसमा यतिबेला दुई फिल्मको चर्चा छ । फिल्म हुन् ‘डंकी’ र ‘सालार’ । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनीत यी फिल्मको चर्चा हुनु स्वाभाविक हो । दर्शकको प्रतीक्षित सूचीमा रहेका यी दुई फिल्म मध्ये व्यवसायमा ‘डंकी’ भन्दा ‘सालार’ अगाडी रहेको छ ।

भारतमा मात्र होइन, नेपाली चलचित्र भवनमा पनि यी दुई फिल्मले जोडतोडले दर्शक तानिरहेको छ । बिहीबार रिलिज भएको ‘डंकी’ र शुक्रबार रिलिज ‘सालार’को  आक्रामक टिकट बुकिङ समेत भएको थियो ।


अग्रिम टिकट बुकिङको मामलामा नेपालमा ‘सालार’को बुकिङ ८०–९५ प्रतिशत हुँदा ‘डंकी’को ५० देखि ७० प्रतिशत देखिएको छ । अहिले व्यवसाय पनि ‘डंकी’को भन्दा ‘सालार’कै बढी रहेको छ ।

नेपाली बजारमा ‘डंकी’ र ‘सालार’ दुवै फिल्म क्वेष्ट इन्टरटेनमेन्टले भित्र्याएका हुन् । दुवै फिल्मले नेपाली बजारमा राम्रो व्यवसाय गरिरहेको क्वेष्ट इन्टरटेनमेन्टका नकिम उद्दिनले बताए । 

‘हाम्रो अपेक्षा दुवै फिल्मको व्यवसाय राम्रो हुन्छ भन्ने थियो’, उद्दिनले भने ‘व्यवसायमा सालार भन्दा डंकी अगाडि हुन्छ भन्ने लाग्थ्यो । तर ‘डंकी’को भन्दा ’सालार’को माथि छ ।’ उद्दिनले सुरुको दिनदेखि नै सालारको व्यवसाय राम्रो रहेको सुनाए ।  ‘डंकी’को रिभ्यू सालारभन्दा राम्रो भएकोले अब व्यवसाय पनि बढ्ने अनुमान उद्दिनको छ ।

नेपाली बक्स अफिसमा दुवै फिल्मले कति व्यवसाय गर्‍यो ? यो सबैको चासोको विषय हो । तर अहिलेसम्म देशभरको व्यवसाय हिसाब नगरेकोले कतिको व्यवसाय गरेको भन्न नसकिने उद्दिनले बताए । ‘हामी बिहीबार दुवै फिल्मको एक साताको व्यवसाय निकाल्छौँ । त्यसपछि कसले कति व्यवसाय गर्‍यो भन्न सकिन्छ’ उद्दिनले थपे ।

राजकुमार हिरानी निर्देशित ‘डंकी’मा शाहरुखको अलावा तापसी पन्नु र बोमन इरानीको मुख्य भूमिका छ । ‘सालार’ होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय किरणगादुरले निर्माण गरेको फिल्ममा प्रभाससहित श्रुति हसन, मधु गुरुस्वामी र पृथ्वी सुकुमारको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी