१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा ‘डंकी’ र ‘सालार’ मध्ये व्यवसायमा को अगाडि ?

९ पुष २०८०, सोमबार ०७:४४

पुस ९, काठमाडौँ | भारतीय बक्स अफिसमा यतिबेला दुई फिल्मको चर्चा छ । फिल्म हुन् ‘डंकी’ र ‘सालार’ । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनीत यी फिल्मको चर्चा हुनु स्वाभाविक हो । दर्शकको प्रतीक्षित सूचीमा रहेका यी दुई फिल्म मध्ये व्यवसायमा ‘डंकी’ भन्दा ‘सालार’ अगाडी रहेको छ ।

भारतमा मात्र होइन, नेपाली चलचित्र भवनमा पनि यी दुई फिल्मले जोडतोडले दर्शक तानिरहेको छ । बिहीबार रिलिज भएको ‘डंकी’ र शुक्रबार रिलिज ‘सालार’को  आक्रामक टिकट बुकिङ समेत भएको थियो ।


अग्रिम टिकट बुकिङको मामलामा नेपालमा ‘सालार’को बुकिङ ८०–९५ प्रतिशत हुँदा ‘डंकी’को ५० देखि ७० प्रतिशत देखिएको छ । अहिले व्यवसाय पनि ‘डंकी’को भन्दा ‘सालार’कै बढी रहेको छ ।

नेपाली बजारमा ‘डंकी’ र ‘सालार’ दुवै फिल्म क्वेष्ट इन्टरटेनमेन्टले भित्र्याएका हुन् । दुवै फिल्मले नेपाली बजारमा राम्रो व्यवसाय गरिरहेको क्वेष्ट इन्टरटेनमेन्टका नकिम उद्दिनले बताए । 

‘हाम्रो अपेक्षा दुवै फिल्मको व्यवसाय राम्रो हुन्छ भन्ने थियो’, उद्दिनले भने ‘व्यवसायमा सालार भन्दा डंकी अगाडि हुन्छ भन्ने लाग्थ्यो । तर ‘डंकी’को भन्दा ’सालार’को माथि छ ।’ उद्दिनले सुरुको दिनदेखि नै सालारको व्यवसाय राम्रो रहेको सुनाए ।  ‘डंकी’को रिभ्यू सालारभन्दा राम्रो भएकोले अब व्यवसाय पनि बढ्ने अनुमान उद्दिनको छ ।

नेपाली बक्स अफिसमा दुवै फिल्मले कति व्यवसाय गर्‍यो ? यो सबैको चासोको विषय हो । तर अहिलेसम्म देशभरको व्यवसाय हिसाब नगरेकोले कतिको व्यवसाय गरेको भन्न नसकिने उद्दिनले बताए । ‘हामी बिहीबार दुवै फिल्मको एक साताको व्यवसाय निकाल्छौँ । त्यसपछि कसले कति व्यवसाय गर्‍यो भन्न सकिन्छ’ उद्दिनले थपे ।

राजकुमार हिरानी निर्देशित ‘डंकी’मा शाहरुखको अलावा तापसी पन्नु र बोमन इरानीको मुख्य भूमिका छ । ‘सालार’ होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय किरणगादुरले निर्माण गरेको फिल्ममा प्रभाससहित श्रुति हसन, मधु गुरुस्वामी र पृथ्वी सुकुमारको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार