आगो ताप्ने क्रममा जलेर ७९ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

Posted on: 26 Dec, 2023

पुस १०, धनगढी | कैलालीमा घरको आगनमा बालेको आगो ताप्ने क्रममा जलेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घरको आगनमा बालेको आगो ताप्ने क्रममा सोमबार बिहान जलेर बडुवालको मृत्यु भएको बताए।

घटनाबारे इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!