२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुकुर भुकेको निहुँमा महिलाको हत्या

२०८०, १० पुष मंगलवार ०७:०९

पुस १०, काठमाडौँ | छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै अनौठो घटना भएको छ ।

एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् । सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए ।

रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् । त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् । त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो ।

झगडा चर्किंदै गएको बेला युवकले महिलाको पेटमा जोडसँग लात्ताले हानेर महिलालाई भुईंमा ढाले । सडकमै ढलेकी ती महिलालाई तत्कालै अस्पताल पुर्‍याइयो र अस्पतालमै उनको मृत्यु भयो ।

अभियुक्त युवकलाई पक्राउ गरिएको र उनीमाथि हत्या अभियोगमा उजुरी दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी