१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगुमा अनमीमाथि जातीय विभेदको आरोपमा स्वास्थ्य चौकीका इन्चार्जसहित ३ जना पक्राउ

१० पुष २०८०, मंगलवार ०७:४९

पुस १०, काठमाडौँ |  जिल्ला प्रहरी कार्यालयले जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाजलाई सोमबार पक्राउ गरेको छ । सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

अनमी तुलसामाथि जातीय विभेद गर्ने सुरजकी आमा झापु शाही र अर्का धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन ।

गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनीमाथि आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार