१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानको शौचालयमा शिशु जन्माएकी महिलाको बयान- नेपाली केटासँग प्रेममा थिएँ

१० पुष २०८०, मंगलवार ०९:५२

पुस १०, काठमाडौँ | एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् ।

‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने ।

यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । सरसफाइ गर्ने क्रममा विमानका कर्मचारीले नवजात शिशु फेला पारेका थिए ।

त्यसपछि विमानबाट ओर्लिएर अध्यागमनतर्फ जाँदै गरेकी नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिला पक्राउ परेकी थिइन् । शारीरिक अवस्था कमजोर देखेपछि प्रहरीले उनलाई तत्कालै केएमसी पुर्‍याएर आईसीयूमा भर्ना गरेको थियो ।

महिलाले करिब ९ महिनामा विमानभित्रै शिशु जन्मिएको प्रहरीलाई बताएकी छन् । ‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, हाल उपचारकै क्रममा रहेकी ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

महिलाले प्रेमी सम्पर्कमै रहेको बताएकी छन् । साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू यूएईमा होटलको कर्मचारी भएको बताएकी छन् । प्रहरीका अनुसार उनी होटलमा हाउस किपिङलगायतको काम गर्थिन् ।

प्रहरीले ती महिलाका आफन्तलाई पनि सम्पर्कमा ल्याएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी महानगरीय प्रहरी वृत्त गौशालाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार