२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नक्कली साँचो बनाई गाडी लैजाने पक्राउ

२०७३, ३० आश्विन आईतवार ०३:००

असोज ३०, भक्तपुर । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल र सङ्घसंस्थाका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका सवारी साधन नक्कली साँचो प्रयोग गरी पार्किङ गरिएको स्थानबाट चलाई अन्यत्र लगेर छाडी सवारी धनीलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठलाई बा२च ९०६६ नं को पजेरो जिप दरबारस्क्वायरबाट चलाई अन्यत्र लैजान लाग्दा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

पक्राउ परेका श्रेष्ठलाई प्रहरीले शनिबार केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल