काठमाडौंमा फेला परे पुरुष र महिलाका दुई शव

Posted on: 27 Dec, 2023

पुस ११, काठमाडौँ | काठमाडौंका दुई ठाउँमा एक महिला र पुरुषको शव भेटिएको छ।

काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि एक पुरुषको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकमा एक महिलाको शव भेटिएको छ। पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुबै शवको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!