१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपको मुद्दामा बहस जारी, आज फैसला आउने सम्भावना कम

११ पुष २०८०, बुधबार ०७:३३

पुस ११, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ । बिहान साढे १० बजेबाट बहस सुरू भएको अदालत स्रोतले जानकारी दियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए । आज पनि वादी पक्षका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन् ।

बहसको रफ्तार हेर्दा आजै फैसला आउन सक्ने कम सम्भावना देखिन्छ । यसअघि नै दुवै तर्फका वकिलहरुले बहस नोट बुझाइसकेका छन् । तर, वकिलहरूको संख्या धेरै भएकाले आज नसकिने देखिएको हो । वादी र प्रतिवादी दुवै तर्फबाट आधा दर्जनभन्दा बढी कानून व्यवसायी छन् ।

मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । अन्य कानून व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार