२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट

२०८०, ११ पुष बुधबार ०९:०९

पुस ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ। उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन्।

लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो। उनका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन्।

आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा रू पाँच करोड विनियोजन गरेको छ। चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ।

लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए। उनका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि कामपाले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ।

कामपाले चालु आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ।

सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको गरिरहेको उनले जानकारी दिए। उनका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ। चालु आवमा कामपाको अधिकारक्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रू ४४ करोड छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी