इजरायलको आक्रमणबाट पछिल्लो २४ घण्टामा २४१ प्यालिस्टिनीको मृत्यु

Posted on: 27 Dec, 2023

पुस ११, काठमाडौँ | इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा मात्रै २४१ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ सर्वसाधारण मारिएका बताएको हो। 

गाजामा अहिले पनि इजरायली सेनाको कारबाही जारी छ। प्यालिस्टिनी राष्ट्रपति महमूद अब्बासले जारी युद्धलाई आफ्ना नागरिकविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। 

इसराइली सेना के प्रमुख हर्जी हलेवीले हमासविरुद्धको कारबाही अझै केही मेहिनासम्म जारी रहने बताएका छन्। मध्य गाजामा स्थल अभियानको चर्चाका बीच इजरायले मंगलबार १०० भन्दा बढी केन्द्रहरुमा कारबाही गरिएको बताएका छन्। 

इजरायलसँग सीमा जोडिएका गाजाका केही क्षेत्रमा बुधबार बिहान पनि ठूलो धमाकाको आवाज सुनिएको थियो। 

प्यालिस्टिनी स्रोतहरुले बीबीसीलाई बताएअनुसार वेस्ट बैंकको नूर शम्स शरणार्थी शिविरमा इजरायलले रातभर ड्रोन हमला गरेको छ। उक्त हमलामा कम्तीमा ६ जना प्यालिस्टिनी मारिएका बताइएको छ। 

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका बताएको छ। मन्त्रालयका अनुसार पछिल्लो ११ हप्तादेखि चलिरहेको यो युद्धमा मारिने प्यालिस्टिनीको संख्या २० हजार ९१५ पुगेको छ। मारिनेमा धेरैजसो महिला तथा बालबालिका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!